नेपाली कम्युनिष्ट पार्टीद्वारा निर्वाचन प्रतिबद्धता पत्र सार्वजनिक (पत्र सहित )
" नेकपाको प्रतिबद्धता पत्रमा प्रगति हुन नसकेका राष्ट्रिय गौरवका आयोजना र नयाँ महत्त्वपूर्ण आयोजनाहरूको निर्माण द्रुतरूपमा सम्पन्न गर्ने जनाइएको छ। त्यस्तै पूर्वपश्चिम राजमार्ग, हुलाकीमार्ग, मध्यपहाडी लोकमार्ग, काठमाडौँ-निजगढ द्रुतमार्ग, काठमाडौँ-हेटौडा सुरुङमार्ग, उत्तरदक्षिण लोकमार्ग (कोशी, त्रिशूली, कालीगण्डकी, कर्णाली र महाकाली कोरिडोर) गड्डाचौकी-चिसापानी सडक खण्ड चार लेनको निर्माण गर्ने पनि उल्लेख छ। खुटीया-दिपायल-चैनपुर-उरै भञ्ज्याङ योजना को निर्माण शीघ्र सम्पन्न गर्ने नेकपाले जनाएको छ। "
खबर जनता डेस्क