काठमाडौं
भाद्र २५ गते
हेटल सेप्टेम्बर ८ तारिख बिहानदेखि बेलुकी ६ बजेसम्म मामाघरमै थिइन्। मामाघरमा श्राद्ध थियो। मामाले पनि आन्दोलन निकै हिंस्रक भएको कारण हेटललाई त्यही बस्न भनेका थिए । तर उनले फर्किन्छु भनेर गइन्। होस्टल पुगेको करिब ४–५ घण्टा पछि मामालाइ फोन आयो – हेटललाई गम्भीर अवस्था भएकाले अस्पताल ल्याइयो भनेर। पछि थाहा भयो, उनलाई छुरा प्रहार गरिएको रहेछ र अस्पताल पुग्दा पुग्दै उनको मृत्यु भइसकेको थियो।
रुममेटहरूसँग सोधपुछ गर्दा, उनीहरूले भने – “हेटल झ्यालतिर बसिरहेकी थिइन्, झ्याल चढेकी थिइन्। झ्याल अगाडि टेबलमा कप थियो, त्यसैमा छुरा राखिएको थियो। सन्तुलन नमिलेपछि सिधै कपमा खस्दा छुरा लागेर घाइते भइन्।” तर यो कुरा कतैबाट पनि विश्वास गर्न सकिने खालको थिएन। हरेक पक्षले फरकफरक कुरा गरिरहेको थियो। अनुसन्धान नै गर्न सकिने अवस्था थिएन। पोस्टमार्टम गर्न शिक्षण अस्पताल जानुपर्ने रहेछ तर अस्पतालले फोन गर्दा त्यस्तो सुविधा नभएको भनेको थियो। तेस्रो व्यक्तिको संलग्नता भएको आशंका गरिएको छ।
पोस्टमार्टम रोकिएको थियो र सो अस्पतालका चिकित्सकलाई पोस्टमार्टम गर्न अनुमति दिइएको थिएन। त्यसपछि उनका बाबुले आफैं घाउ हेरे। उनले एकवटा होइन, तीनवटा घाउ भेट्टाए एउटा बगलतिर, एउटा पेट मुन्तिर र एउटा छातीमा। उनको मृत्यु मुटु फुटेर भएको थियो। पछि नाकबाट निरन्तर रगत बगेको थियो, जसले टाउकोमा पनि चोट लागेको देखाउँथ्यो। पछि होस्टल गएर हेर्दा त्यहाँ कतै पनि रगत भेटिएन। उनको लुगा फेरिएको थियो, लुगा च्यातिएको पनि थिएन।
छिमेकीहरूलाई सोध्दा, होस्टलतिरबाट “गोली लाग्यो” भनेर चिच्याएको आवाज सुनेको बताए। वाडेन भने त्यहाँ थिएनन्, अष्ट्रेलिया गएका थिए। दुई जना रुममेट पक्राउ परे, जसमा एउटाले झूट बोलेको पत्ता लाग्यो।
आफन्तको अनुसार उनलाई करिब बेलुकी ९ बजे छुरा हानिएको थियो तर अस्पतालमा १२ बजे मात्र लगिएको रहेछ।
हेटलको मृत्यु रहस्यमय
हेटलको मृत्यु रहस्यमय
"रुममेटहरूसँग सोधपुछ गर्दा, उनीहरूले भने – “हेटल झ्यालतिर बसिरहेकी थिइन्, झ्याल चढेकी थिइन्। झ्याल अगाडि टेबलमा कप थियो, त्यसैमा छुरा राखिएको थियो। सन्तुलन नमिलेपछि सिधै कपमा खस्दा छुरा लागेर घाइते भइन्।” "

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


