कल्याणपुर
असोज ४ गते,
नेपालको वर्तमान राजनीतिक परिस्थिति र निकास सम्बन्धित् अन्तरक्रियात्मक कार्यक्रम सप्तरीको खडक न.पा कल्याणपुरमा शनिबार सम्पन्न भएको छ।
नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान शाखा सप्तरीका अध्यक्ष ध्रुव कुमार मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेस प्रदेशको प्रदेश सभा सदस्य माला कुमारी कर्णले देश गम्भीर मोडमा रहेकोले उचित निकास दिनुपर्ने बताउनु भयो साथै ने.क.पा माओवादी केन्द्रका केन्द्रीय सदस्य सुर्यनाथ यादवले उहाँको जिवनीको चर्चा गर्दै वर्तमान नेपालमा माओवादीको एजेन्डालाई आत्मसात गरेको जिकिर गर्नुभयो।
कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघका प्रदेश अध्यक्ष केदार प्रसाद देव,ने.क.पा माओवादी केन्द्रका जिल्ला सदस्य प्रथम लाल राम,स्वास्थ्यकर्मी संगठन का पूर्व केन्द्रीय अध्यक्ष जाकिर हुसेन, खडक न.पा वार्ड न ६ का निर्वाचित वडा सदस्य तुला चौधरी,शंकर चौधरी,नगर उपाध्यक्ष बद्रि सदा लगायतले एकै स्वरमा नेपाल अब नव युगमा प्रवेश गरेकोले अबको नेपाल निर्माण मा लाग्न ध्यान दिनुपर्ने बताउनु भयो।
पञ्चायती शासनकालमा राजतन्त्र र निरङ्कुशताको विरुद्धमा सिराहा र धनुषाका ग्रामीण किसानहरूलाई सङ्गठित र आन्दोलित गरेर कमरेड जय गोविन्द शाहको वरिपरि रहेर आक्रमक शैलीमा वर्ग संघर्ष अगाडि बढाउने महान सहिद क.सूर्यनाथ रान यादवलाई २०४२ सालमा सिरहाको जेलबाट खोटाङ लैजाने नाममा उदयपुरको बेल्टारमा उहाँको हत्या गरिएको थियो । कमरेड रान धनुषाका सबै कम्युनिस्टहरूका प्रिय व्यक्तित्व मध्ये एक हुनुहुन्थ्यो । २०४७ सालमा ने.क.पा एकता केन्द्र गठनको बेलामा पार्टीले उहाँलाई सहिद घोषणा गर्यो ।
२०७२ सालमा नेपाल सरकारले उहाँलाई राष्ट्रिय सहिद घोषणा गरेको साथै रानको स्मृतिमा उहाँकै कर्मथलो धनुषाको डुमरियामा एउटा स्मृति अस्पताल बनेको छ ।



तस्बिर : जनता खबर सम्बादाता



