भनिन्छ अग्र सोची सदा सुखी । भविष्यपरक सोचको विकासका लागि कल्पना शीलता अत्यन्त आवश्यक पर्दछ । सृजनशीलताका लागि कल्पना मूल आधार हो, जरा हो। आज उपलब्ध वस्तुस्थिति र घटनाहरूलाई अध्ययन गरी हेर्दा आजको २०,३० वा ५० वर्ष पछ ि आजको परिवेश के कस्तो रूपमा परिवर्तन हुनसक्ला । हाम्रो जीवनमा के परिवर्तन आउला भनेर सोच्नुपर्छ । यद ि हामी भविष्य द्रष्टा हुन चाहन्छौँ वा भनौ ँ दूरदर्शी नेतृत्व विकास गर्न चाहन्छौँ भन े हामीले हाम्रा मान्यता तथा दृष्टिकोणहरूलाई पटक पटक नियाल्नुपर्दछ । युवापुस्तासँग छलफल, कुराकानी गरेर हाम्रा दृष्टिकोणहरूलाई माझ्नुपर्दछ । सब ै पक्ष बाट विषयलाई हेर्ने र बुझ्ने गर्न सक्दा हाम्रो दृष्टिकोण अझ निखार र परिष्कृत हुँद ै जान्छ ।
कुन ै पन ि नया ँ सोच वा सृजनालाई व्यवहारमा उतार्नका लागि १८ देख ि ३६ वर्ष सम्म लाग्दछ । हवाईजहाजको अन्वेषणका कल्पना होस वा मोबाइल फोन वा इन्टरनेटको कुरा सब ै सुरुमा सुन्दा हाँसो उठ्न े खालका थिए । दूरदर्शी नेताले भविष्यको चिन्ता गर्दछ । सुन्दर भविष्यको कल्पना गर्दछ । सुन्दर भविष्य कस्तो बनाउन े भन्ने सोच राख्दछ र त्यसलाई मूर्तरूप दिनका लागि हामीले आजैदेखि के कस्ता प्रयासहरू गर्नुपर्दछ भन्ने आकलन गर्न सिकाउँछ र प्रयत्न गर्दछ । दुरदर्शीता हुन ु भनेको वातावरण अनुकुलित नेतृत्व हो जसले बृहत् र समसामयिक तवरले र भविष्यको विश्लेषण गरी काम गर्दछ । यसले भोलिको उज्वल भविष्यको पूर्ण चित्र कोरिदिन्छ ।
नेपाल एउटा अविकसित देश हो । यहाँ विकसको गति अलि मन्द छ । जनताको जीवनस्तर शुन्य होइन न्यून छ । राणा, पञ्च, बहुदल देख ि अहिले आएको संघिय लोकतान्त्रिक गणतन्त्र सम्म पन ि राजनैतिक अवस्था अस्थिर छ । गरिबी र बेरोजगारी चरम उत्कर्षमा छ । असिमित राजनैतिक, प्रशासनिक र न्यायिक क्षेत्रमा भ्रष्टाचार छ। देशले कुशल नेतृत्व उत्पादन गर्न सकेको छैन ् । जो सबभन्दा ठूलो दुर्भाग्य हो । कुटनिती कमजोर छ । नोकरशाही परिवर्तनशिल छ । नेपालको संविधान २०७२ जारी भए देख ि नै राज्यको हरेक व्यवस्था असफल सिद ्ध भई रहेको देखाइसकेको छ ।
पहाडमा राज्यको अनुभुती न ै छैन ् । काठमाण्डू लगायतको कतिपय ठाउँमा बन्दुक तेर्सयाएर राज्य आफ्नो बनावटी उपस्थिती देखाईरहेको छ । भुकम्पको त्रासले देश तहस नहस भए भन े अर्कोतिर आन्दोलनको ताप । इन्धनको अभावले गर्दा भावी कर्णधारको भविष्य अन्यौलमापरेको थियो । उत्त आन्दोलनमा प्रहरी प्रशासन ज्यादती र अस्पताल परिसरमै स्वास्थ्यकर्मी उपर भएको वर्वर दमन र कुटपिटवाट आफूहरू असुरक्षीतमै आन्दोलनमा थिए । शान्ती सुरक्षाको जिम्मा लिएको सुरक्षा निकाय आन्दोलनकारी उपर गोलीको वर्षा वर्षाउँद ै थिए । मुक दर्शक भएका सोझा नागरिक उपर प्रहरी आतंक मच्चाईरहेको थियो । कलिला र निःमुखा बालबालिकाको बालअधिकारको शोषण भयो। ठिक यस्तै भए अहिलेको जेनजीको आन्दोलनमा रत नेपाल आमाका कलिला संतानहरु सहिद भए ।
नेपाल आमा किन रोई रहनु भएकी छिन ? आफ्ना य ि नादान नेताहरूलाई जन्म दिएर । जसलाई देशभन्दा पन ि पेटको माया छ । पिडा भन्दा पन ि हीराको माया छ । भनिन्छ सय
मुर्ख सन्तान भन्दा एउटा गुनवान संतान नै ठिक । तर यहा ँ संघिय लोकतान्त्रिक गणतन्त्र त छ तर मुर्खहरूको जमात शासनमा छन् । आशनमा छन् । भाषणमा छन् । सिंहासनमा छन् । गुणि, ज्ञानी, विद्वान र विज्ञहरू पाखा लागि परेका छन् । फटहाहरू झटहा मार्दै छन् । रत फटहाका झटहाले वृक्षका दुई चार फल झर्दा केहि फरक पर्दैन भनी भन्नेहरू पन ि छन् । त्यस कारण त नेपालमा रहेको बेरोजगारी, असमान अवसर, गहिरिँदो भ्रष्टाचार, दलगत स्वार्थ र निष्क्रिय नेतृत्वप्रति सञ्चित आक्रोश यस आन्दोलनमार्फत तीव्र रूपमा विस्फोटित भयो । युवाहरूले सडक र डिजिटल अभियानमार्फत पन ि आफ्नो असन्तुष्टि प्रकट गरे र सत्ता परिवर्तन गरे नेता भगाए, मन्त्री भगाए, पैसा जलाए, देशमा भै रहेको सामन्ती प्रवृति, विसंगती, विक्रिती विरुद्ध आन्दोलन गरे र परिवर्तन ल्याए । पुस्ता-पुस्तादेख ि जरा गाडिएको अपारदर्शी, भ्रष्ट र गैरजवाफदेही राजनीतिक व्यवस्थालाई अन्त गरे । आन्दोलनको मूलधारलाई जेन जीले नेतृत्व गरिरहे र अन्तीम अवस्थामा ३९ घण्टाभित्र परिवर्तन ल्याए ।
आन्दोलन पछ ि अन्तरिम सरकार बने र तीनवटा प्रमुख जिम्मेवारी वहन गर्न लागि परे कामकुरा राम्रै गरिहे । पहिलो, देशमा शान्ति र सुरक्षाको वातावरण कायम गर्दै असन्तुष्ट जनतालाई संवादमार्फत सम्बोधन गर्ने; दोस्रो, राज्यसंस्थाप्रति गुमेको जनविश्वास पुनः स्थापित गर्ने; तेस्रो, आगामी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन आवश्यक तयारी गर्ने वर्तमान सरकारको मुखय कार्यभार र दायितव हो । काम कठिन छ, तर असम्भव छैन ।
त्यसैले गर्भ तुहाएर भएपन ि (संघिय संसद विघटन गरेर) कृत्रिम गर्भाधान गर्ने तरखरमा सबै जुटी रहेका छन् । खास गरी नेपाली कांग्रेसले ल्याएको तुच्छ नश्लको बीउले जो आन्दोलनरत पक्षलाई मंजुर छैन्। तीनिहरू उच्च नश्लको खोजीमा निश्कीसकेका छन्। अलिक ढिलो भएपन ि नश्लवादीको नया ँ नेपाल भन्दा भिन्न होस । जसले नेपाली जनतालाई विकास रसमृद्धी दिन सकेमा किनभने अहिले सम्मको राज्यसक्ता संचालनमा सहभाग ि रहेको पुरानो नश्ल उपर यिनीहरूको विश्वास र भरोसा न ै छैन ् । यिनीहरू परम्परावादी र जड वादीहरू भन्न े उच्च नश्लवादीहरूको आधुनिक चिन्तन र मान्यता रहेको छ। दुई शक्तिशाली पडोसीहरूको बीचमा रहेका यी परम्परावादीहरूले मुलुकलाई विगारी सकेको छ । यहाँ सम्मकी यिनीहरूले मुलुकलाई विखण्डन तिर धकेली रहेको छ भनी उच्च नश्लवादीहरूको सोच बन्न पुगेको छ। आज सम्म यी परम्परावादी, अहंकारवादीहरूले दुइटा मृगौलाको बिचमा रहेको मुटुको शल्यक्रिया गर्न सकेन देशलाई दम को रोगी बनाएर कृत्रिम साँस भर्दै फेर्दै आज सम्म देशलाई हाँकेको छ। आज साँस फेर्ने पन ि कठिनाई महँसुस भईरहेको छ। नेपाल आमालाई यिनीहरूकै मतलवी चलखेलले । नत यिनीहरू एकरती पन ि देशको लागी चिन्तनशिल र इमान्दार भएको भए देशको जल र जङ्गल मात्रै बेचेर दुई देशको बिचको शक्तिशाली चुम्बक बन्न सक्थे ।
अतः अब देशमा संयमताको आवश्यक्ता छ, देश भक्तिको आवश्यक्ता छ, आन्दोलन त भयो तर यसलाई टेकी विचोलिया, सामन्ती प्रवृति, समभ्रान्त वर्ग, जातिवादी शक्ति देश विगार्ने शक्तिसँग साँटगाँठ गरी देश कब्जा गर्न सक्छ । त्यसैले हिमालमा बस्ने हिमाली नेपालीहरू हौ, पहाडमा बस्न े पहाडी नेपालीहरू हुन ् या तराई मधेशमा बस्न े मधेशी नेपालीहरूलाई म सार्थक अनुरोध गर्न चाहन्छ ु । हुन त धेरै अवसरहरू गुमाई सक्यौं । हामी हाम्रो जल र जङ्गल यी पंडित वाजेहरूले बेची सके, उजाडी सके। अब पन ि यि परम्परावादी, अहंकारवादीवाट सावधान भएर सोचौं, सम्झौं, बेला यह ि हो, उच्च नश्लवादीहरू उच्च नश्लको बीउ खोज्न निस्कि सकेका छन्, कही अझ विलम्ब गरेरै भएपन ि प्रतिक्षा गरौं नव निर्मित नव अपेक्षित संविधानमा उच्च नश्लको बीउ प्रवाहित गरेर कत्रिम गर्भाधानद्वारा नै नेपालको संविधान
विश्वकै नभएपन ि एशियाक ै नभएपन ि दुई महावलीको बिचको उत्कृष्ट नश्लवादी गर्भाधान नगर्दा रोगी र टेटी टापर भै सँध ैं भरी टगी रहन्छौं । अब सरकारले निर्वाचन प्रणालीमा सुधार गरी चुनावी खर्च पारदर्शी बनाउन, परिवारवाद र नातावादविरुद्ध स्पष्ट प्रावधान ल्याउन र प्रचारप्रसारमा निष्पक्षता कायम गर्न लागि पर्नेछ भन े आम जनतामा विश्वास पैदा भएको देखिन्छ । अब चुनाव पछ ि भन े कुसल नेतृत्व आउनुपर्छ र त्यसले रोजगारी सिर्जना, शिक्षा सुधार, स्वास्थ्य सेवा, समान अवसर र भ्रष्टाचार नियन्त्रणजस्ता मूल विषय बस्तु बोक्नुपर्छ । नेपालको सम्भाव्यता अध्ययन, औद्योगिक क्रान्ती, पर्यटन प्रवर्धन, कृषि क्रान्तीलाई मुल विकासको वाटो तिर देशलाई डोर्याउनुपर्छ ।



