काठमाडौँ
भाद्र ०९ गते ,
सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा अर्न्तगतको राज्य व्यवस्था समिति सभापतिको निर्वाचन तालिका निकाल्ने तयारी गरेका छन्
राज्य व्यवस्था समितिको सभापति पद गत साउन २८ गतेदेखि रिक्त छ । रिक्त पदमा १५ दिनभित्र निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ । निर्वाचन तालिका सार्वजनिक हुन सकेको छैन ।
सभामुखको सचिवालयले आज निर्वाचन तालिका सार्वजनिक हुने बताएको छ । यसका निम्ति सभामुखले तयारी गरिसकेका छन् ।
निर्वाचन हुनु भन्दा ४८ घण्टा अगाडि निर्वाचन तालिका सार्वजनिक गर्नुपर्ने व्यवस्था प्रतिनिधिसभा नियमावलीमा छ । प्रतिनिधिसभा नियमावलीको नियम १७६ मा सभापतिको निर्वाचनको निर्वाचनसम्बन्धी व्यवस्था छ ।
जहाँ भनिएको छ, ‘यस परिच्छेदमा अन्यथा व्यवस्था भएकोमा बाहेक यस परिच्छेद अन्तर्गतका समितिमा सभामुखले तोकेको दिन सभापतिको निर्वाचन हुनेछ र त्यसको सूचना सचिवले अठ्चालीस घण्टा अगावै प्रकाशन गर्नेछ ।’
यो व्यवस्थाअनुसार आइतबार राज्य व्यवस्था समितिको सभापति निर्वाचन तालिका आइत्बार नै आउनुपर्ने थियो । तर, आइतबार कुनै सूचना आएन ।



