काठमाडौं
भाद्र १० गते,
आन्दोलनरत उखु किसानलाई नेकपा माओवादी केन्द्रले ऐक्यबद्धता जनाएको छ ।
माइतीघरमा आन्दोलन गरिरहेका उखु किसानलाई माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहितको टोली पुगेर समर्थन जनाएको हो ।
सरकारको उखु किसानको अनुदान कटौती गर्ने निर्णय, विगतमा अनुदान भुक्तानीको माग गर्दै उनीहरू काठमाडौं केन्द्रित आन्दोलनमा आएका हुन् ।
आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै किसानको जायज माग पूरा गर्नुपर्ने बताए ।



