राजविराज
कार्तिक २२ गते,
सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा चिकित्सकमाथि भएको हातपातप्रति विरोध जनाउँदै अस्पतालले आकस्मिक (इमर्जेन्सी) बाहेकका सबै सेवा अनिश्चित कालका लागि बन्द गर्ने निर्णय गरेको छ ।
अस्पताल प्रशासनका अनुसार आइतबार दिउँसो ४ बजेतिर अस्पतालको नवजात शिशु सघन कक्ष (एनआइसियू) मा उपचाररत रेखा यादवकी नवजात शिशुको छाला र कपाल जल्ने गरी घटना भएको थियो। उक्त घटनापछि आक्रोशित बिरामीका आफन्तहरुले निमित्त मेसु डाक्टर दिलीप साहलाई हातपात गरेका थिए।
त्यसपछि अस्पतालपरिसरमा तोडफोड र आगजनसमेत भएको अस्पतालले जनाएको छ। यस्ता घटनाले स्वास्थ्यकर्मीहरूको मनोबल कमजोर पार्ने भन्दै अस्पताल प्रशासनले सबै कर्मचारीको सुरक्षाको पूर्ण प्रत्याभूति नहुँदासम्म आकस्मिकबाहेकका अन्य सबै सेवा बन्द गर्ने निर्णय गरेको हो।
घटनामा संलग्न दोषीमाथि कानुनी कारबाहीको मागसमेत गरेको छ।



