काठमाडौँ
चैत्र ९ गते,
चालु आर्थिक बर्षको साउन महिनादेखि हालसम्म पर्वतमा ट्राफिक कारबाहीबाट झण्डै आधा करोड राजस्व संकलन भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका अनुसार उक्त अवधिमा ५ हजार १५ वटा सवारी साधनलाई कारबाही गर्दा ४७ लाख ८८ हजार ५ सय रुपियाँ राजस्व संकलन भएको हो ।
अघिल्लो आर्थिक बर्षहरुको तुलनामा भने यस बर्ष सवारी साधनबाट संकलन हुने राजस्वमा गिरावट आएको देखिएको छ । आर्थिक बर्ष २०८०–८१ मा १२ हजार २ सय ६५ सवारी साधनलाई कारबाही गर्दा एक करोड ११ लाख रुपियाँ राजस्व उठाइएको थियो ।
आर्थिक बर्ष २०८१–८२ मा १० हजार ८३७ सवारी साधानबाट १ करोड १३ लाख २३ हजार राजस्व संकलन गरेको थियो ।



