काठमाडौँ । प्रसूति व्यथाले स्वास्थ्य समस्या भोगिरहेकी एक महिलाको नेपाली सेनाले उद्धार गरेको छ।
ढोरपाटन शिकार आरक्ष सुरक्षाका लागि परिचालित दुर्गाभञ्जन गुल्मअन्तर्गत खटिएको टोलीले बागलुङको ढोरपाटन नगरपालिका-८ देवीथान क्षेत्रकी ती महिलालाई सुरक्षित स्थानमा पुर्याएको जनाएको छ।
सेनाको टोलीले उनलाई प्रारम्भिक उपचारका लागि ढोरपाटनस्थित सामुदायिक स्वास्थ्य चौकीसम्म पुर्याएको जानकारी दिएको छ।



