एनपीएलको तेस्रो संस्करणमा पहिलो अर्धशतक मलानको नाममा, विराटनगरविरुद्ध ७० रनको इनिङ्स

Janta Khabar Media House १० कात्तिक २०८३

एनपीएलको तेस्रो संस्करणमा पहिलो अर्धशतक मलानको नाममा, विराटनगरविरुद्ध ७० रनको इनिङ्स

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलो अर्धशतक चितवन राइनोजका ओपनर डाविड मलानले प्रहार गरेका छन्।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विराटनगर किंग्सविरुद्ध जारी खेलमा मलानले ४१ बलको सामना गर्दै अर्धशतक पूरा गरेका हुन्।

चितवनका लागि ओपनिङ ब्याटिङ गरेका मलानले आफ्नो इनिङ्सलाई ७० रनसम्म पुर्‍याए। उनले कुल ५१ बलको सामना गर्दै ७० रन बनाएपछि विकेट गुमाएका हुन्।

मलानको यो प्रदर्शनसँगै एनपीएलको तेस्रो संस्करणमा पहिलो अर्धशतकको कीर्तिमान कायम भएको छ। प्रतियोगिताको सुरुवाती खेलमै उनले व्यक्तिगत रूपमा उल्लेखनीय प्रदर्शन गर्दै चितवनको स्कोरमा महत्त्वपूर्ण योगदान दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0

छुटाउनुभयो कि? सबै