एसिसी प्रिमियर कपः नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित

Janta Khabar Media House १२ भदौ २०८३

एसिसी प्रिमियर कपः नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
मलेसियामा जारी एसिसी प्रिमियर कपमा नेपालले विजयी सुरुवात गरेको छ। वाइएसडी युकेएम ओभलमा भएको खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको हो। बहराइनले दिएको ८८ रनको लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो। अर्जुन कुमालले ५८ बलमा ५ चौकाको सहयोगमा नटआउट ३६ रन बनाउँदा रोहितले १४ बलमा १ चौका र १ छक्कासहित १९ रन बनाए। त्यसअघि आसिफ शेखले १८ र देव खनालले १९ रन जोड्दा इशान पाण्डे १ रनमा रनआउट भए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0

छुटाउनुभयो कि? सबै