कर्णालीका जडीबुटीबाट चार करोड राजस्व सङ्कलन

Janta Khabar Media House १५ कात्तिक २०८३

कर्णालीका जडीबुटीबाट चार करोड राजस्व सङ्कलन

सुर्खेत । कर्णालीका वनजङ्गल, पाटन र हिमाली क्षेत्रमा पाइने जडीबुटीको व्यापारबाट सरकारले एक वर्षमै चार करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । प्रदेशका ५८ प्रजातिका जडीबुटी बिक्री तथा निकासी हुँदा सरकारले चार करोड १७ लाख ६८ हजार ९९९ राजस्व प्राप्त गरेको हो । 

सबैभन्दा रोचक पक्ष त के छ भने, हजारौँ किलो जडीबुटी निकासी भइरहँदा जम्मा २५१ किलो यार्सागुम्बाले मात्रै ७५ लाख रुपैयाँभन्दा बढी राजस्व दिएको छ ।

कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा प्रदेशभरि २१ लाख ५८ हजार ५८२ दशमलव ९४५ केजी जडीबुटी सङ्कलन भएको थियो । त्यसमध्ये १९ लाख ४६ हजार ८७५ दशमलव ७०५ केजी जडीबुटी प्रदेशबाट निकासी भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0

छुटाउनुभयो कि? सबै