काँग्रेसका सभापति थापा आज स्याङ्जा जाँदै

Janta Khabar Media House २२ भदौ २०८३

काँग्रेसका सभापति थापा आज स्याङ्जा जाँदै
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापा आज स्याङ्जा जाने भएका छन् । काँग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री स्वर्गीय गोपालमान श्रेष्ठको ४५औँ दिनको पुण्य तिथिमा आयोजित शोक सभामा सहभागी हुन थापा स्याङ्जा जान लागेका हुन् । काँग्रेस स्याङ्जा जिल्ला कार्यसमितिले आयोजना गरेको शोक सभामा सहभागी भई सभापति थापासहितका शीर्ष नेताहरूले स्वर्गीय श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ। लोकतान्त्रिक आन्दोलन, पार्टी सङ्गठन तथा स्याङ्जाको सामाजिक-राजनीतिक क्षेत्रमा श्रेष्ठले पुर्‍याएको योगदानको स्मरणमा शोक सभा आयोजना गरिएको काँग्रेसले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0

छुटाउनुभयो कि? सबै