चितवनमा तीन सवारीसाधन एकआपसमा ठोक्किँदा १० जना घाइते

Janta Khabar Media House १० कात्तिक २०८३

चितवनमा तीन सवारीसाधन एकआपसमा ठोक्किँदा १० जना घाइते

काठमाडौँ । चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीस्थित पृथ्वी राजमार्गमा तीनवटा सवारीसाधन एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्।

आज बिहान करिब ९:२० बजे काठमाडौंँबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ज १२५९ नम्बरको माइक्रोबसलाई विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३-००१ ख २७७७ नम्बरको बसले ठक्कर दिएको थियो।

बस अनियन्त्रित भई सोही दिशातर्फ जाँदै गरेको प्रदेश १-०२-००२ ख ६१३ नम्बरको ट्रकमा समेत ठोक्किएपछि दुर्घटना भएको हो।

दुर्घटनामा बस र माइक्रोबसमा सवार १० जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि कुरिनटारस्थित सशस्त्र प्रहरी बलको पृथ्वी हाईवे ट्रमा सेन्टर तथा इच्छाकामना गाउँपालिका अस्पतालमा लगिएको छ।

इच्छाकामना गाउँपालिका अस्पताल कुरिनटारमा उपचाररत घाइतेमध्ये माइक्रोबसमा सवार बारा निजगढका ४२ वर्षीय कुमार जोशी, नवलपुर कावासोती नगरपालिका-३ का ३८ वर्षीय खेमबहादुर गुरुङ र ४२ वर्षीय मुराबहादुर कुमाल रहेका छन्।

त्यस्तै, बसमा सवार झापा दमक नगरपालिका-३ की ४८ वर्षीया कल्पना पोखरेल र बिर्तामोड नगरपालिका–५ का २२ वर्षीय रोमन भट्टराई पनि घाइते भएका छन्।

दुर्घटनामा घाइते भएका अन्य पाँच जनाको नाम र ठेगानासहितको विवरण आउन बाँकी रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0

छुटाउनुभयो कि? सबै