दुई करोड बजेटमा बनेको 'हनुमान अंश'को कमाई १०० गुणा बढी

Janta Khabar Media House २५ भदौ २०८३

दुई करोड बजेटमा बनेको 'हनुमान अंश'को कमाई १०० गुणा बढी
भारतीय फिल्म 'हनुमान अंश'ले यतिबेला बक्स अफिसमा ठूला ठूला चलचित्रलाई उछिन्दै कमाइ गरिरहेको छ। नीब करोरी बाबाको जीवनमा आधारित फिल्म 'हनुमान अंश' ले शुक्रबार 'हैवान' र 'मिर्जापुर द मुभी' भन्दा बढी कमाई गरेको छ। मात्र २ करोड लागतमा बनेको 'हनुमान अंश' ले आफ्नो बजेटको १०० गुणा बढी कमाई गर्दै इतिहास बनाएको छ। यो फिल्मले भारतमा २०० करोड रुपैयाँभन्दा बढी कमाई गरेको छ। सैकनिल्कका अनुसार हनुमान अंशले ३६ औं दिनमा भारतमा १०.५० करोड नेट कमाई गर्यो। भारतमा फिल्मको कुल नेट कलेक्शन १७३.६३ करोड र कुल कलेक्शन २०५.१५ करोड पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0

छुटाउनुभयो कि? सबै