बहराइनले नेपाललाई दियो ८८ रनको लक्ष्य

Janta Khabar Media House १२ भदौ २०८३

बहराइनले नेपाललाई दियो ८८ रनको लक्ष्य
काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज जारी खेलमा बहराइनले नेपाललाई जितको लागि ८८ रनको सामान्य लक्ष्य दिएको छ । मलेसियाको बांगीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बहराइनले ३६.२ ओभरमा सबै विकेट गुमाउँदै ८७ रनमा समेटियो । बहराइनको लागि फिआज अहमेदले १५ बलमा सर्वाधिक १५ रन बनाए । त्यस्तै मुहम्मद वासिमले १३ रन जोडे । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । बहराइनलाई ८७ रनमा समेट्नेक्रममा नेपालका सन्दीप लामिछानेले पाँच विकेट लिए । यस्तै ललित नारायण राजवंशीले ३ विकेट लिँदा करण केसीले २ विकेट हात पारे । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0