भरतपुरमा विद्युतीय कारमा आगलागी, एक जनाको मृत्यु

Janta Khabar Media House २३ भदौ २०८३

भरतपुरमा विद्युतीय कारमा आगलागी, एक जनाको मृत्यु
चितवन । भरतपुर महानगरपालिका-९ पूर्व-पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । शरीर जलेका कारण मृतकको सनाखत हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार आज बिहान बा.प्र.०१–०३० च ५५७९ नम्बरको इभीमा आगो लागेको हो । दमकलको सहायताले आगो निभाइएको थियो । कार पूर्ण रूपमा जलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0

छुटाउनुभयो कि? सबै