सशस्त्र प्रहरीका राष्ट्रसेवकले विपद् उद्धार कोषमा साढे १५ करोड दिने, मृतक कर्मचारीका परिवारलाई कुल २५ लाख

Janta Khabar Media House १६ भदौ २०८३

सशस्त्र प्रहरीका राष्ट्रसेवकले विपद् उद्धार कोषमा साढे १५ करोड दिने, मृतक कर्मचारीका परिवारलाई कुल २५ लाख
काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालका राष्ट्रसेवकहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड ५० लाख रुपैयाँ योगदान गर्ने भएका छन्। सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलको अध्यक्षतामा भदौ १८ गते बसेको परामर्श समितिको बैठकले भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदीको बाढीपछि खोज, उद्धार तथा राहत कार्यलाई प्राथमिकताका साथ प्रभावकारी रूपमा निरन्तरता दिने निर्णय गर्दै उक्त रकम योगदान गर्ने निर्णय गरेको हो। बैठकले बाढीमा परी मृत्यु भएका सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारलाई विभिन्न व्यवस्थाअन्तर्गत कुल २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णयसमेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0

छुटाउनुभयो कि? सबै