हङकङले नेपाललाई दियो २६२ रनको लक्ष्य

Janta Khabar Media House २० भदौ २०८३

हङकङले नेपाललाई दियो २६२ रनको लक्ष्य
काठमाडौँ । बाबर हायातको उत्कृष्ट ब्याटिङमा हङकङले एसिसी प्रिमियर कपमा नेपाललाई जितको लागि २६२ रनको लक्ष्य दिएको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास क्रिकेट ओभल मैदानमा जारी खेलमा हङकङले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६१ रनको योगफल बनायो । हङकङका लागि बाबर हायातले शतक प्रहार गरे । उनले १२६ बलमा ७ चौका र ७ छक्काको सहयोगमा अविजित ११७ रन बनाएका हुन । त्यस्तै शाहिद वासिफले ४५ रन बनाउदा एहसान खान ३५ रनमा अबिजित रहे । बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछानेले चार विकेट लिए भने शेर मल्लले तीन विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0

छुटाउनुभयो कि? सबै