‘सुशासनका लागि जनता फेरि सडकमा आउन नपर्ने वातावरण बनाऔँ’-पूर्वप्रधानमन्त्री कार्की

Janta Khabar Media House २० भदौ २०८३

‘सुशासनका लागि जनता फेरि सडकमा आउन नपर्ने वातावरण बनाऔँ’-पूर्वप्रधानमन्त्री कार्की
काठमाडौँ। पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि नागरिक फेरि सडकमा आउनुपर्ने अवस्था सिर्जना हुन नदिन सबैलाई आ-आफ्नो ठाउँबाट इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गर्न आग्रह गरेकी छिन् । गत वर्ष भदौ २३ गते भएको ‘जेनजेड आन्दोलन’ को एक वर्ष पूरा भएको अवसरमा सामाजिक सञ्जलमार्फत एक सन्देश जारी गर्दै पूर्वप्रधानमन्त्री कार्कीले सो कुरा बताएकी हुन् । नवयुवाहरूले सुशासन, जवाफदेहिता, पारदर्शिता र उज्ज्वल भविष्यको माग राखेर गरेको आन्दोलनका क्रममा निर्दोष युवाहरूले ज्यान गुमाउनुपरेको र कयौँ घाइते भएको भन्दै उनले सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेकी छन् । देशको इतिहासमा जनधन र राष्ट्रिय सम्पदाको ठूलो क्षति भएको त्यो पीडादायी दिन अब कहिल्यै दोहोरिन नहुने भन्दै उनले राज्य र राजनीतिक नेतृत्वलाई नागरिकका अपेक्षा पूरा गर्न गम्भीर हुन ध्यानाकर्षण गराएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0

छुटाउनुभयो कि? सबै