एनपिएलमा आज दुई खेल हुँदै, काठमाडौँसँग जनकपुर र कर्णालीसँग विराटनगर भिड्दै

Janta Khabar Media House १२ कात्तिक २०८३

एनपिएलमा आज दुई खेल हुँदै, काठमाडौँसँग जनकपुर र कर्णालीसँग विराटनगर भिड्दै

 काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)क्रिकेटमा आज दुईवटा खेल हुँदैछन् ।

पहिलो खेल दिउँसो १२ बजे जनकपुर बोल्ट्स र काठमाण्डौ गोर्खाजबीच हुनेछ । यस्तै, आजको दोस्रो खेल बेलुकी ५ बजे कर्णाली याक्स र विराटनगर किङ्सबीच हुनेछ । 

जनकपुर दोस्रो खेल खेल्दैछ भने काठमाडौं पहिलो खेल खेलिरहेको हो। जनकपुर यसअघि कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो । 

विराटनगर र कर्णाली दोस्रो खेल खेल्दैछन्। यसअघि विराटनगर चितवन राइनोसँग ८ रनले पराजित भएको थियो । कर्णालीले जनकपुरलाई १९ रनले हराएको थियो।

विराटनगर पहिलो जितको खोजीमा हुँदा कर्णाली लगातार दोस्रो खेलमा विजयी हुन चाहन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0