काँग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै

Janta Khabar Media House १५ भदौ २०८३

काँग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज (बिहीबार) बस्ने भएको छ। बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ। अनुशासन समिति सचिव दिनेश थापामगरले जारी गरेको सूचनामा लेखिएको छ- ‘नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक २०८३ भदौ १८ गते बिहीबार दिउँसो २ : ०० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपीनगर ललितपुरमा बस्ने भएकोले समितिका सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0