गगन थापाको दाबी : ‘१५औँ महाधिवेशनमा भाग लिनबाट कसैलाई पनि वञ्चित गरिएको छैन’

Janta Khabar Media House २३ भदौ २०८३

गगन थापाको दाबी : ‘१५औँ महाधिवेशनमा भाग लिनबाट कसैलाई पनि वञ्चित गरिएको छैन’
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले कुनै पनि नेतालाई पार्टीको १५औँ महाधिवेशनमा भाग लिने कुराबाट वञ्चित नगरिएको बताएका छन् । शुक्रवार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले महाधिवेशनमा पार्टीका सबै नेता तथा कार्यकर्ताले सहभागी हुन पाउने र प्रतिस्पर्धाबाट नेतृत्व चयन हुने बताए । उनले महाधिवेशन निर्धारित कार्यतालिका अनुसार नै सम्पन्न हुने पनि बताए । असोज ४ गतेदेखि अधिवेशन प्रक्रिया सुरु हुने र असोज १६ गतेदेखि केन्द्रीय महाधिवेशन प्रक्रिया प्रारम्भ हुने उनको भनाइ छ । उनले महाधिवेशनमा प्रतिस्पर्धा गरेर जिम्मेवारी नेतृत्वले जिम्मेवारी नपाउनेलाई समेत समेटेर पार्टीलाई एकताबद्ध बनाउनुपर्ने पनि बताए । उनले महाधिवेशनले पार्टीभित्रको विषय व्यवस्थापन गरे पनि नागरिकसँग टुटेको विश्वास पुन:स्थापित गर्नु काँग्रेसको मुख्य चुनौती रहेको बताए । सभापति थापाले महाधिवेशनपछि नागरिकसँगको सम्बन्ध पुन:स्थापित गर्न देशव्यापी अभियान सञ्चालन गरिने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0