परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता

Janta Khabar Media House १९ भदौ २०८३

परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सका विदेशमन्त्री इरुथिसाम एडमबीच आज टेलिफोन वार्ता भएको छ । वार्ताका क्रममा विदेशमन्त्री एडमले परराष्ट्रमन्त्री खनाललाई भोटेकोशी नदीमा गएको बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति माल्दिभ्स सरकार र जनताका तर्फबाट गहिरो दु:ख व्यक्त गर्दै नेपालप्रति ऐक्यबद्धता जनाएका थिए। उनले विपद्को यस दु:खद घडीमा नेपाल सरकार तथा नेपाली जनताप्रति गहिरो समवेदना र समर्थन व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसैगरी, परराष्ट्रमन्त्री खनालले कठिन परिस्थितिमा नेपालप्रति ऐक्यबद्धता र समर्थन व्यक्त गरेकोमा माल्दिभ्स सरकार तथा जनताप्रति आभार व्यक्त गरेका थिए । टेलिफोन वार्ताका क्रममा उनीहरूले जलवायु परिवर्तनको जोखिममा रहेको दुवै देशले सामना गरिरहेका साझा चुनौती र तिनको समाधानका बारे छलफल गरेका थिए । उनीहरूले क्षेत्रीय तथा बहुपक्षीय मञ्चमार्फत जलवायु न्यायको प्रवद्र्धनका पक्षमा अझ समन्वयसहित सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0