पार्टी एकताका लागि त्याग गर्न तयार रहेको कोइरालाको सन्देश

Janta Khabar Media House १८ भदौ २०८३

पार्टी एकताका लागि त्याग गर्न तयार रहेको कोइरालाको सन्देश
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको एकता कायम गर्न आफ्नो तर्फबाट आवश्यक त्याग गर्न तयार रहेको बताएका छन्। पार्टी सभापति गगन थापासँग आइतबार भएको भेटमा कोइरालाले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा रहेको उल्लेख गर्दै काँग्रेस एक ढिक्का हुनुको विकल्प नभएको धारणा राखेका हुन्। “पार्टी एक ढिक्का हुनुको विकल्प नरहेको भन्दै यसका लागि आफ्नो तर्फबाट जे जति त्याग गर्न पनि आफू तयार रहेको प्रस्ट पार्नुभयो,” कोइरालाको सचिवालयले भेटबारे जानकारी दिँदै भनेको छ। सभापति थापाले पनि आफू पार्टी एकताकै पक्षमा रहेको बताएको सचिवालयले जनाएको छ। भेटमा काँग्रेसभित्र देखिएका आन्तरिक समस्या र त्यसको समाधानका सम्भावित उपायबारे दुई नेताबीच छलफल भएको थियो। त्यस्तै, पछिल्लो बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङको अवस्था तथा प्रभावित क्षेत्रमा गर्नुपर्ने कामका विषयमा पनि कुराकानी भएको जानकारी दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0