प्रचण्ड र माधव नेपाल बाढी प्रभावित क्षेत्रमा जाने

Janta Khabar Media House १९ भदौ २०८३

प्रचण्ड र माधव नेपाल बाढी प्रभावित क्षेत्रमा जाने
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल बाढी प्रभावित क्षेत्रमा जाने भएका छन्। आइतबार बसेको पार्टी केन्द्रीय कार्यसंयोजन समितिको बैठकमा नेताहरूले प्रचण्ड माधवलाई प्रभावित क्षेत्रमा जान सुझाएपछि जाने तयारी गरेका हुन्। प्रवक्ता प्रकाश ज्वालाले संयोजक र सहसंयोजक प्रभावित क्षेत्रमा जाने तयारी गरिरहेको बताए। वस्तुस्थितिको अवलोकन गर्नको लागि जान लागेको उनले बताए। यद्यपि, समय अहिलेसम्म तय भएको छैन। हिजोको बैठकले उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि २४ बुँदे विशेष प्रस्ताव पारित गरेको थियो। बैठकले पारित गरेको प्रस्ताव आज सार्वजनिक गर्ने तयारी रहेको पनि बताए। बाढीलगत्तै पार्टी बैठक बसेर सिङ्गो पार्टीपंक्ति प्रभावित क्षेत्रमा परिचालन भएको समेत बताए। यसअघि नेपाली कांग्रेसका सभापति गगन थापा, एमाले अध्यक्ष केपी ओलीलगायत शीर्ष नेताहरु पनि बाढी प्रभावित क्षेत्रमा पुगेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0