बाढी प्रभावितसँग अध्यक्ष ओलीको टेलिफोन संवाद

Janta Khabar Media House १८ भदौ २०८३

बाढी प्रभावितसँग अध्यक्ष ओलीको टेलिफोन संवाद
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी बाढीबाट प्रभावितसँग टेलिफोनमार्फत पनि संवाद गरेका छन्। एमालेका सचिव महेश बस्नेतले सामाजिक सञ्जालमा कुराकानीको भिडियो जानकारी गर्दै यसबारे जानकारी गराएका हुन्। उनले लेखेका छन्, ‘पार्टी अध्यक्ष केपी शर्मा ओलीज्यू बाढी प्रभावित क्षेत्रको अवलोकन, राहत वितरणको अनुगमन, पीडितहरूसँग प्रत्यक्ष अन्तरक्रियापछि पनि दुःखमा परेकाहरूसँग फोनमार्फत सम्पर्क गरी उनीहरूको अवस्था बुझ्दै, सम्मान र हौसला प्रदान गर्दै।’ यसअघि एमालेले एक करोड २० लाख कोष छुट्याएर प्रदेश इन्चार्ज बस्नेतको नेतृत्वमा ४० सदस्यीय बाढीपीडित उद्धार, राहत तथा पुनर्स्थापनाका काम गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0