भोटेकोशी बाढी प्रभावित धादिङ र नुवाकोटको सम्पूर्ण क्षेत्रको विद्युत् सेवा सुचारु, रसुवाको ९० प्रतिशत ठाउँमा बिजुली बल्यो

Janta Khabar Media House ३० भदौ २०८३

भोटेकोशी बाढी प्रभावित धादिङ र नुवाकोटको सम्पूर्ण क्षेत्रको विद्युत् सेवा सुचारु, रसुवाको ९० प्रतिशत ठाउँमा बिजुली बल्यो

काठमाडौँ । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युतीकरणको कामलाई द्रुत गतिमा अगाडि बढाएको छ । 

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बाढीबाट पूर्वाधारमा क्षति पुगेर विद्युत् अवरुद्ध भएका रसुवा, नुवाकोट र धादिङमा बाढी गएको भोलिपल्टबाटै पुन: विद्युतीकरणको कामलाई तीव्रता दिएको थियो । 

मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यकाअनुसार धादिङ र नुवाकोटको सम्पूर्ण क्षेत्रमा विद्युत् सेवा पुनस् सुचारु भइसकेको छ । 

नुवाकोटमा भदौ २४ गते नै सम्पूर्ण क्षेत्रमा विद्युत् पुगेको थियो । धादिङमा त त्यसअगाडि नै सबै ठाउँमा बिजुली पुन सुचारु गरिएको थियो । 

बाढीबाट सबैभन्दा प्रभावित रसुवाको ९० प्रतिशत ठाउँमा बिजुली पुर्‍याइएको छ । उत्तरगया गाउँपालिकाको वडा नं. १, गोसाईकुण्ड गाउँपालिकाको वडा नं. १, २, ३ बाहेक जिल्लाको बाँकी सबै क्षेत्रमा विद्युत् सेवा सुचारु गरिएको प्रवक्ता शाक्यले बताए । 

उनकाअनुसार राष्ट्रिय विद्युत् वितरण नपुगेको क्षेत्रमा बैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत संस्थागत तथा घरेलु सौर्य प्रणालीमार्फत विद्युत् सेवा क्रमशः सुचारु भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0

छुटाउनुभयो कि? सबै