मन्त्रिपरिषद्को बैठक बस्दै

Janta Khabar Media House २२ भदौ २०८३

मन्त्रिपरिषद्को बैठक बस्दै
काठमाडौँ । मन्त्रिपरिषद् बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार प्रधानमन्त्री वालेन्द्र शाह (बालेनले बैठक बोलाएका हुन् । बैठकमा समसामयिक विषयमा छलफल हुनेछ । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको विनाशकारी बाढीपछि सरकारका सबै संयन्त्र खोज, उद्धार, उपचार, राहत र प्रभावितको पुन:स्थापनामा निरन्तर जुटिरहेका छन् । सोही सन्दर्भमा प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत र पुन:स्थापनालाई थप प्रभावकारी बनाउन र आवश्यक निर्णय गर्न बैठक बोलाएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0