राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पशुपतिमा पूजापाठ

Janta Khabar Media House २० भदौ २०८३

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पशुपतिमा पूजापाठ
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिर पुगेर देश र जनताको सुख, शान्ति तथा समृद्धिको कामना गर्दै विशेष पूजाआराधना गरेका छन् । प्रथम महिला सविता पौडेलसहित मंगलबार बिहान पशुपतिनाथ मन्दिर पुगेका राष्ट्रपति पौडेलले मूल मन्दिरमा विधिपूर्वक पूजाअर्चना गरेका हुन् । पूजापाठपछि उनले मन्दिरका मूल पुजारीबाट टीका, मूलप्रसाद तथा आशिष ग्रहण गरे। राष्ट्रप्रमुखको रूपमा राष्ट्रपति पौडेलले मुलुकमा सुख–शान्ति कायम रहोस् र जनताको हित होस् भन्ने उद्देश्यले पशुपतिनाथमा पूजाअर्चना गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0