शहीदले चाहे जस्तो सरकार बनेको होला तर शहीदले चाहे जस्तो सुशासन अझै आएको छैन : हर्क साम्पाङ

Janta Khabar Media House २० भदौ २०८३

शहीदले चाहे जस्तो सरकार बनेको होला तर शहीदले चाहे जस्तो सुशासन अझै आएको छैन : हर्क साम्पाङ
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शहीदले चाहे जस्तो सरकार बने पनि उनीहरूले चाहे जस्तो सुशासन अझै नआएको बताएका छन्। जेनजी शहीद दिवसको अवसरमा शुभकामना दिँदै साम्पाङले यस्तो बताएका हुन‍्। उनले आज जेनजी आन्दोलनको एक वर्ष पुगेको दिन र धेरै जना जेनजीले ज्यानको आहूति दिएको दिन भन्दै जेनजी शहीदहरू प्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। देशको माटो र स्वधीनता बचाउन गरिएको त्यो आन्दोलनको उद्देश्य र मर्म एक दिन अवश्यक पूरा हुनेछ भन्ने विश्वास दिलाउन चाहेको उनले बताए। 'आज जेनजी आन्दोलनको एक वर्ष पुगेको दिन। धेरै जना जेनजीले ज्यानको आहूति दिएको दिन। ती सम्पूर्ण महान जेनजी शहीदहरूलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। शहीदले चाहे जस्तो सरकार बनेको होला तर शहीदले चाहे जस्तो सुशासन अझै आएको छैन,' उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, 'देशको माटो र स्वधीनता बचाउन गरिएको त्यो आन्दोलनको उद्देश्य र मर्म एक दिन अवश्यक पूरा हुनेछ भन्ने विश्वास दिलाउन चाहन्छु।'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0