सभामुख अर्याल र विपक्षी दलका नेता आङदेम्बेबीच भेटवार्ता

Janta Khabar Media House २७ भदौ २०८३

सभामुख अर्याल र विपक्षी दलका नेता आङदेम्बेबीच भेटवार्ता

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन् । प्रतिनिधिसभाको बैठक सुरु हुनुअघि मंगलबार आङदेम्बेले अर्यालसँग भेटवार्ता गरेका हुन् ।

भेटका क्रममा दुई नेताबीच मुलुकको पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमका साथै प्रतिनिधि सभाको काम–कारबाही र गतिविधिबारे विस्तृत छलफल भएको छ। भेटघाटमा संसद्लाई अझ प्रभावकारी र व्यवस्थित कसरी बनाउने भन्ने विषयमा पनि विचार–विमर्श भएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0