सरकारले राज्यको सामर्थ्य कब्जा गर्दा विपद् व्यवस्थापन प्रभावकारी नभएको ओलीको टिप्पणी

Janta Khabar Media House ११ भदौ २०८३

सरकारले राज्यको सामर्थ्य कब्जा गर्दा विपद् व्यवस्थापन प्रभावकारी नभएको ओलीको टिप्पणी
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राज्यको सामर्थ्यमाथि एकाधिकार जमाउँदा विपद् व्यवस्थापन र उद्धार कार्य प्रभावकारी हुन नसकेको टिप्पणी गरेका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा रसुवाको बाढी पहिरो सम्बन्धी स्थलगत अनुगमन प्रतिवेदन बुझ्दै अध्यक्ष ओलीले सरकारको कार्यशैलीप्रति आलोचना गरेका हुन् । महासचिव शंकर पोखरेलले बुझाएको उक्त प्रतिवेदन ग्रहण गर्ने क्रममा अध्यक्ष ओलीले सरकार आम नागरिकका लागि ‘अदृश्य’ र ‘अगम्य’ भएको आरोप लगाए । सबै राजनीतिक दलहरूले विपद्लाई साझा समस्याका रूपमा लिएर सहयोगको प्रतिबद्धता जनाउँदा समेत सरकारले राजनीतिक जस लिने होडबाजी गरेको ओलीको भनाइ छ । अध्यक्ष ओलीले उद्धार कार्यमा विशेषज्ञता हासिल गरेका संस्थाहरूलाई समेत सरकारले परिचालन गर्न नदिएकोमा आपत्ति जनाए । विशेष गरी नेपाल पर्वतारोहण संघ जस्ता दक्ष संस्थाहरूलाई खोजी तथा उद्धारमा संलग्न हुन नदिइएको र निजी क्षेत्रका हेलिकप्टरहरू भाडामा लिएर प्रयोग गर्न समेत अवरोध सिर्जना गरिएको उनले उल्लेख गरे । सरकारले विज्ञहरूको दक्षता र क्षमताको मद्दत लिनुको सट्टा उनीहरूको सक्रियतामा रोक लगाएको उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0