‘कृष्णभीरमा पहिरो पन्छाउने कार्य तीव्र गतिमा अघि बढाइएको छ’ : मन्त्री लम्साल

Janta Khabar Media House १५ भदौ २०८३

‘कृष्णभीरमा पहिरो पन्छाउने कार्य तीव्र गतिमा अघि बढाइएको छ’ : मन्त्री लम्साल
काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो पन्छाउने कार्य तीव्र गतिमा अघि बढाइएको बताएका छन् । मन्त्री लम्सालले आज बिहान सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै जानकारी दिएका हुन् । उनले पहिरोको दुवै छेउबाट १८ जना परिचालन गरी रुख कटानको काम भइरहेको र पहिरो पन्छाउन आवश्यक निर्माण उपकरणहरू दुवै छेउमा तयारी अवस्थामा राखिएको जानकारी दिएका छन् । रुखको कटान सकिने बित्तिकै उपकरणहरू परिचालन गरी पहिरो पन्छाउने कार्य सुरु गरिने उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0