रसुवा बाढीपीडितको सहयोगका लागि नेकपाले २५ लाख रुपैयाँ प्रदान गर्ने

Janta Khabar Media House ११ भदौ २०८३

रसुवा बाढीपीडितको सहयोगका लागि नेकपाले २५ लाख रुपैयाँ प्रदान गर्ने
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले रसुवाका बाढीपीडितहरूको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाकाअनुसार प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूलाई तत्काल सहायता पुर्‍याउने उद्देश्यले सो रकम सहयोग गर्ने निर्णय भएको हो । नगद सहयोगका अतिरिक्त पार्टीले प्रभावित जिल्लाहरूमा आवश्यक राहत सामग्रीसमेत पठाउने तयारी गरेको छ । विपद्को यस घडीमा पीडित नागरिकलाई राहत उपलब्ध गराउनु पार्टीको दायित्व भएको उल्लेख गर्दै प्रवक्ता ज्वालाले उक्त निर्णय कार्यान्वयन प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0