भोटेकोशी बाढी: रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

Janta Khabar Media House १२ भदौ २०८३

भोटेकोशी बाढी: रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित
काठमाडौँ । रसुवागढी जलविद्युत् आयोजना स्थलबाट सम्पर्कविहीनहरूको खोजीका लागि उद्धार टोली परिचालन गरिएको छ । यही भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको कारणले १११ मेगावाट क्षमताको सो आयोजनामा कार्यरत रहेका ९३ जना सम्पर्कविहीन भएका छन् । नेपाली सेनाको हेलिकप्टरबाट प्राविधिक तथा विज्ञ टोली मार्फत रेकी गर्नेलगायतका काम भइरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको निजी सचिवालयले जनाएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अनुसार रसुवागढी जलविद्युत् आयोजनामा परेर ९३ जना सम्पर्कविहीन भएको बताइएको छ । इप्पानका अनुसार सम्पर्कविहीन हुनेमा रसुवागढी हाइड्रोपावर कम्पनीका ४९ जना कर्मचारी छन् । दुई जना ज्यालादारीका कर्मचारी छन् । निर्माणमा खटिएका शेर्पा हाइड्रो कन्स्ट्रक्सनका ३५ जना सम्पर्कविहीन छन् । सिडब्लुईका चार, भनस कन्स्ट्रक्सनका तीनसम्पर्कविहीन भइरहेका छन् । भूमिगत डिसेन्डरमा फसेका छ जनामध्ये चार जना दुई दिन लगाएर आफैँ बाहिर निस्कन सफल भएपछि उनीहरूको सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0