रसुवा बाढीमा परी निधन भएकाको पशुपति क्षेत्र विकास कोषले नि:शुल्क दाहसंस्कार गरिने
Janta Khabar Media House१२ भदौ २०८३
रसुवा बाढीमा परी निधन भएकाको पशुपति क्षेत्रस्थित आर्यघाटमा नि:शुल्क दाहसंस्कार गरिने भएको छ ।
पशुपति क्षेत्र विकास कोषले रसुवा बाढीमा परी निधन भएकाको नि:शुल्क दाहसंस्कार गर्ने गरी सबै व्यवस्था मिलाएको छ ।
रसुवा बाढीमा परी निधन भएकाको नि:शुल्क दाहसंस्कारका लागि शरदराज वैद्यलाई सम्पर्क गर्न कोषले आह्वान गरेको छ । वैद्यको सम्पर्क नं ९८४१२२९९९४ मा सम्पर्क गर्न सकिने छ ।
यस विषयमा थप जानकारीका लागि कोषको कार्यालयमा सम्पर्क गर्न सकिने पनि कोषले जनाएको छ ।