नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई ४० हजार आर्थिक सहयोग

Janta Khabar Media House १९ भदौ २०८३

नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई ४० हजार आर्थिक सहयोग
धादिङ । भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीमा परी अकालमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई नीलकण्ठ नगरपालिकाले रु ४० हजार उपलब्ध गराउन थालेको छ । नीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिले मृतकका आफन्त एवं परिवारजनको घरमै पुगेर उक्त रकम उपलब्ध गराएका हुन् । भोटेकोशीको बाढीमा ३८ जना नगरवासी परेको प्रारम्भिक विवरण रहेको छ । तीमध्ये केहीको मृत्यु पुष्टि भइसकेको छ भने केही अझै सम्पर्कविहीन भएको जनाइएको छ । केही परिवारले बेपत्ता आफन्त जीवित भेटिने सम्भावना नरहेको ठहर गर्दै अन्तिम काजकिरिया सुरु गरेका छन् । सम्पर्कविहीन नागरिकको खोजीका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0

छुटाउनुभयो कि? सबै