राष्ट्रपतिले गरे बाढी प्रभावित क्षेत्रको अवलोकन

Janta Khabar Media House १९ भदौ २०८३

राष्ट्रपतिले गरे बाढी प्रभावित क्षेत्रको अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन्। सोमबार नुवाकोट पुगि राष्ट्रपति पौडेलले जिल्लाका सुरक्षा निकायका प्रमुखहरू र अन्य सरोकारवालासँग वर्तमान अवस्थाबारे जानकारी लिएका हुन्। सो क्रममा राष्ट्रपति पौडेलले खोज तथा उद्धार, राहत वितरण, होल्डिङ सेन्टर सञ्चालन एवं पुनर्स्थापनालगायतका विषयमा जानकारी लिएका राष्ट्रपतिको सचिवालयले जनाएको छ। यस्तै, उनले विदुर नगरपालिका–२ बट्टारस्थित कभर्ड हलमा सञ्चालित होल्डिङ सेन्टरको अनुगमन र प्रभावित बासिन्दासँग अन्तरक्रियासमेत गरेका छन्। नुवाकोटमा बाढी प्रभावित क्षेत्रको अवलोकन गरी राष्ट्रपति अहिले रसुवातर्फ लागेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0