जेन जेड आन्दोलनका क्रममा पक्राउ परेकालाई तत्काल रिहा गर्न रास्वपा सांसद शर्माको माग
Janta Khabar Media House२० भदौ २०८३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोम शर्माले जेन जेड आन्दोलनका क्रममा पक्राउ परेका व्यक्तिहरूलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन् ।
जेन जेड शहीद दिवसका अवसरमा जेन जेड शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा उनले आन्दोलनमा सहभागीहरू अझै पनि जेलमा रहेकोले रिहाइ गर्न माग गरेका हुन् ।
उनले आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई अपराधीको रूपमा व्यवहार नगर्न सरकारलाई आग्रह गरे । सांसद शर्माले जेन जेड आन्दोलन देश जलाउन नभई देश बनाउनका लागि भएको दाबी गरे । उनले आफरुहरुमाथी देश जलाउनेहरूको ट्याग लाग्ने गरेको गुनासो गरे । आफू देश जलाउन नभई भ्रष्टाचार र कुशासनको अन्त्यको लागि आन्दोलनमा उत्रिएको बताए । उनले आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारका लागि पनि सरकारले तत्काल कदम चाल्नुपर्ने बताए । घाइतेहरूको स्वदेशमा उपचार सम्भव नभएका विदेशमा लगेर भए पनि उपचार गराउन उनले सरकारसँग माग गरे ।