उपसभामुखले एक महिनाको तलब विपद् उद्धार कोषमा जम्मा गर्ने
Janta Khabar Media House२२ भदौ २०८३
उपसभामुख रुबी कुमारी ठाकुरले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको लागि एक महिनाको पारिश्रमिक सहयोग गरेकी छिन्।
उपसभामुख ठाकुरले आफ्नो एक महिनाको पारिश्रमिक नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न संघीय संसद् सचिवालयको प्रशासन शाखालाई निर्देशन दिएकी हुन्।
बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले उपसभामुखले उक्त सहयोग गर्ने निर्णय गरेकी हुन्।