नवलपरासीमा गाडीसहित ९५ लाख रूपैयाँ बराबरकाे माेबाइलका सामान बरामद

Janta Khabar Media House २३ भदौ २०८३

नवलपरासीमा गाडीसहित ९५ लाख रूपैयाँ बराबरकाे माेबाइलका सामान बरामद
परासी । नवलपरासीकाे सीमा नाकाबाट भारतबाट भन्सार छलेर ल्याउँदै गरेकाे अवस्थामा शुक्रबार ९५ लाख बराबरका माेबाइलका सामान बरामद गरिएकाे छ। इलाका प्रहरी कार्यालय महेशपुर र सशस्त्र प्रहरी बल भूजहवा बिओपीबाट गएकाे टाेलीले सरावल गाउँपालिका-७ भूजहवाबाट उक्त सामान बरामद गरेकाे हाे । जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डिएसपी मदन थापाले बरामद सामानमा २२ लाख ९४ हजार बराबरका २ हजार २ सय ९४ पिस माेबाइल एयर पाेडस, ७० लाख ९५ हजार बराबरका ४४ हजार ३ सय पिस टेम्पर ग्लास,९३ हजार बराबरका ९ सय ३० पिस माेबाइल कभर र २ हजार बराबरकाे एक बाेरा प्लाष्टिक गरि कूल ९४ लाख ८४ हजार रहेकाे बताउनुभयाे। उक्त सामान लु ३ च २९३९ नम्बरकाे पिकअप गाडीमा राखेर लैजादै गरिएकाे थियाे । गाडीकाे मूल्य २० लाखसहित कूल १ कराेड १४ लाख ८४ हजार कायम गरेर आवश्यक कारबाहीका लागि महेशपुर भन्सार पठाइएकाे प्रहरीले जनाएकाे छ । गस्ती टाेलीलाई देखेपछि गाडी लक गरेर चालक फरार रहेकाे र सामान कसकाे हाे भन्ने बारेमा अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे हाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0