गरिमा हत्या प्रकरण : एक जना २० हजार धरौटी र ९ जना साधारण तारेखमा रिहा

Janta Khabar Media House २३ भदौ २०८३

गरिमा हत्या प्रकरण : एक जना २० हजार धरौटी र ९ जना साधारण तारेखमा रिहा
बारा जिल्ला अदालतले बिहीबार सिमराका तीन वर्षीय बालिकाको बलात्कार तथा हत्या गरिएको घटनामा प्रतिवादी बनाइएका मध्ये एक जनालाई २० हजार रुपैयाँ धरौटी र ९ जनालाई साधारण तारेखमा रिहा गर्न अदालतको आदेश दिएको छ। प्रमुख जिल्ला न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले जीतपुरसिमरा–१ का २४ वर्षीय प्रोगेश भन्ने पुग्रेश चौधरीलाई २० हजार रुपैयाँ धरौटी छाडन आदेश दिएको जिल्ला अदालतका श्रेस्तेदार राजकुमार दाहालले बताए। त्यसैगरी प्रोग्रेशसँगै पक्राउ परेका उनका बुबा इन्द्रजीत, आमा बबिता, पत्नी पुष्पा, दिदी ममताका साथै सविता चौधरी, बिन्दु चौधरी, टेकबहादुर थापामगर, नवीन विक र शेष हस्मुदिनलाई साधारण तारेखमा छाडन आदेश भएको श्रेस्तेदार दाहालले बताए। घटनामा उनीहरूको संलग्नता पुष्टि हुने पर्याप्त प्रमाण नदेखिएकाले तत्कालको लागि धरौटी र साधारण तारिखमा छाड्ने आदेश भएको दाहालले बताए। यिनीहरुको विरुद्धमा गरिमाको बुबा मनोज चौधरीको किटानी जाहेरी दिएका थिए। जाहिरिको अधारमा प्रहरीले उनीहरू माथि अपहरण, शरीर बन्धक, जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दा दर्ता गरी अदालतमा पेस गरेको थियो। अदालतले घटनामा उनीहरूको संलग्नता देखिने ठोस प्रमाण नदेखेपछि तत्कालको लागि यस्तो आदेश दिएको बारा जिल्ला अदालतले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0