‘ग्लोबल साउथको ब्रिक्सप्रति विश्वास बढेको छ’ : मोदी

Janta Khabar Media House २५ भदौ २०८३

‘ग्लोबल साउथको ब्रिक्सप्रति विश्वास बढेको छ’ : मोदी
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ग्लोबल साउथका राष्ट्रहरूको ब्रिक्सप्रतिको विश्वास बढ्दै गएको बताएका छन्। भारतको नयाँ दिल्लीमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनअन्तर्गत नेताहरूको आउटरिच सत्रलाई सम्बोधन गर्दै मोदीले ब्रिक्सभित्र विकासशील राष्ट्रका आवाज र अनुभवले स्थान पाएकाले संगठनप्रतिको विश्वास विस्तार भएको बताएका हुन्। सम्मेलन भारतको अध्यक्षतामा सेप्टेम्बर १२ र १३ मा आयोजना भएको हो। ‘म आफ्नै अनुभवका आधारमा भन्न सक्छु कि ग्लोबल साउथका राष्ट्रहरूको ब्रिक्सप्रतिको विश्वास बढेको छ,’ मोदीले भनेका छन्, ‘किनकि यहाँ उनीहरूको आवाज सुनिन्छ, उनीहरूका अनुभवलाई सम्मान गरिन्छ र उनीहरूका लागि मात्र नभई उनीहरूसँग मिलेर समाधान तयार गरिन्छ।’ ब्रिक्सको शक्ति सदस्य राष्ट्रबीचको विविधता र सहकार्यमा निहित रहेको उल्लेख गर्दै उनले फरक–फरक अवस्था र विकास यात्राका बाबजुद साझा हितका विषयमा सँगै अघि बढ्न सकिने बताएका छन्। ‘हामी फरक–फरक वास्तविकतामा आधारित हुन सक्छौँ, तर सहकार्यका माध्यमबाट सँगै अघि बढ्छौँ र सम्पूर्ण मानवताको हितका लागि समृद्ध हुन्छौँ,’ उनले भनेका छन्। ब्रिक्सको विविधता संगठनको पहिचानका रूपमा कायम रहनुपर्नेमा जोड दिँदै मोदीले सदस्य राष्ट्रबीचको सहकार्य प्रेरणाको स्रोत बन्नुपर्ने र त्यसबाट प्राप्त प्रगतिले समग्र मानवतालाई लाभ पुर्‍याउनुपर्ने बताएका छन्। मोदीले नवीन तथा विस्तार गर्न सकिने समाधान प्रवर्द्धन गर्न ‘ब्रिक्स स्टार्टअप इनोभेसन फन्ड’ स्थापना गर्ने प्रस्ताव अघि सारिएको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0