न्यायालयमा भ्रष्टाचार र सेटिङको आरोप: ‘स्वतन्त्र नागरिक अभियान’द्वारा माइतीघरमा प्रदर्शन

Janta Khabar Media House १५ कात्तिक २०८३

न्यायालयमा भ्रष्टाचार र सेटिङको आरोप: ‘स्वतन्त्र नागरिक अभियान’द्वारा माइतीघरमा प्रदर्शन

काठमाडौँ । न्यायपालिकामा भइरहेको भनिएको ‘सेटिङ’ र भ्रष्टाचारविरुद्ध स्वतन्त्र नागरिक अभियानले काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । 

हालै चर्चामा रहेको इनाम सापकोटा प्रकरणलाई आधार बनाउँदै अभियानका अगुवाहरूले न्यायालयको स्वच्छता र पारदर्शिताका लागि उच्चस्तरीय छानबिन समितिको माग गरेका हुन् । प्रदर्शनमा सहभागी पूर्वराजदूत डा. निर्मल विश्वकर्माले न्यायालयभित्र सेटिङको माध्यमबाट न्याय किनबेच भइरहेको भन्दै गम्भीर आशंका व्यक्त गरे ।

आन्दोलनरत समूहले न्यायाधीशहरूको कार्यशैलीमाथि प्रश्न उठाउँदै भ्रष्टाचारमा संलग्न न्यायका अधिकारीहरूलाई तत्काल छानबिनको दायरामा ल्याउन माग गरेका छन् । उनीहरूले न्यायालयलाई स्वच्छ, स्वतन्त्र र जनउत्तरदायी बनाउनका लागि अविलम्ब स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरूले आम जनताले सहज र निष्पक्ष न्याय पाउने वातावरण नबनेसम्म आफूहरूको अभियान जारी रहने चेतावनी दिएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0