माथिल्लो त्रिशूली-१ को टनेलबाट ६ शव निकालिए, थप खोजी जारी

Janta Khabar Media House ३० भदौ २०८३

माथिल्लो त्रिशूली-१ को टनेलबाट ६ शव निकालिए, थप खोजी जारी

काठमाडौँ । रसुवाको भोटेकोसीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका व्यक्तिहरूको खोजीका क्रममा टनेलभित्रबाट ६ वटा शव निकालिएको छ।

नेपाली सेनाले शुक्रबार दिउँसो १२ बजेर ५ मिनेटमा सार्वजनिक गरेको खोज तथा उद्धार अपडेटअनुसार आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले खोजी गर्दा अडिट-३ टनेलभित्र शवहरू फेला पारेको हो।

शवहरू ढलानका लागि तयार पारिएको फलामे डन्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा भेटिएका थिए। ग्राइन्डर, ग्यास कटर र रोटरी रेस्क्यु उपकरण प्रयोग गरी ती शवलाई टनेलबाट बाहिर निकालिएको सेनाले जनाएको छ।

सेनाका अनुसार टनेलभित्र हिलोले छोपिएको अवस्थामा थप शवजस्तो आकृति देखिएकाले उक्त क्षेत्रमा खोजी कार्य जारी राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0