संविधान दिवस भव्य रूपमा मनाउने एमालेकाे तयारी

Janta Khabar Media House ३० भदौ २०८३

संविधान दिवस भव्य रूपमा मनाउने एमालेकाे तयारी

काठमाडौँ । एमाले केन्द्रीय कार्यालयले संविधान दिवस भव्य र प्रभावकारी रूपमा मनाउनका लागि तयारी सुरु गरेको छ । बिहीबार महासचिव शंकर पोखरेलले आयोजना गरेको बैठकले नेपालको संविधान २०७२ को रक्षा र कार्यान्वयनको सन्देशसहित विविध कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।

बैठकले संविधान जारी भएको दिन ३ असोजमा बिहान ८:३० बजे पार्टी केन्द्रीय कार्यालय, च्यासल प्रांगणमा विशेष कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । कार्यक्रमलाई अध्यक्ष केपी ओलीले सम्बोधन गर्नेछन् ।

त्यस्तै, देशभर विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत बैठकले गरेको छ । बैठकले सबै प्रदेश, जिल्ला तथा पालिका कमिटीलाई स्थानीय विशेषता र आवश्यकताअनुसार प्रभावकारी तथा रचनात्मक कार्यक्रम आयोजना गर्न निर्देशन दिएको छ ।

‘आ–आफ्नो क्षेत्र र स्तरमा संविधानको रक्षाको सन्देशसहित प्रभातफेरी, दीप प्रज्वलन, विचार गोष्ठी, सरसफाइ तथा अन्य रचनात्मक कार्यक्रम गरी संविधान दिवसलाई सफल बनाउन अनुरोध छ,’ पोखरेलले जारी गरेको सर्कुलरमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0