ग्यास अभावविरुद्ध अखिल क्रान्तिकारीको सडक प्रदर्शन, सडकमा दाउरा बालेर पकाए खाना

Janta Khabar Media House २२ भदौ २०८३

ग्यास अभावविरुद्ध अखिल क्रान्तिकारीको सडक प्रदर्शन, सडकमा दाउरा बालेर पकाए खाना
काठमाडौँ । खाना पकाउने ग्यासको अभाव र आपूर्ति व्यवस्थापनमा देखिएको समस्याविरुद्ध अखिल (क्रान्तिकारी) ले काठमाडौँमा सांकेतिक सडक प्रदर्शन गरेको छ। विद्यार्थीहरूले बिहीबार रत्नराज्यलक्ष्मी क्याम्पस अगाडिको सडकमा दाउरा बालेर खाना पकाउँदै ग्यास आपूर्तिमा देखिएको समस्याप्रति विरोध जनाएका हुन्। प्रदर्शनका क्रममा विद्यार्थीहरूले ग्यास अभावका कारण सर्वसाधारणले भोग्नुपरेको कठिनाइ तत्काल समाधान गर्न सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। ग्यासको सहज र नियमित आपूर्ति सुनिश्चित गर्न माग गर्दै उनीहरूले सांकेतिक रूपमा सडकमा नै खाना पकाएर विरोध प्रदर्शन गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0