सेती नदीमा कुकुर फालेको आरोपमा महिला पक्राउ

Janta Khabar Media House ३० भदौ २०८३

सेती नदीमा कुकुर फालेको आरोपमा महिला पक्राउ

बझाङ । जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित पानकोट पुलबाट कुकुरलाई सेती नदीमा फालेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–३ पडेष गाउँकी ४२ वर्षीया बिमला देवी रोकाया रहेको प्रहरीले जनाएको छ।

पानकोट पुलको पश्चिम किनारामा रहेको रेलिङ पाइपमुनिबाट एक महिलाले कुकुरलाई धकेलेर सेती नदीमा फालेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। भिडियोमा देखिएको पशुपन्छीप्रतिको निर्दयी व्यवहारबारे अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा रोकायाको संलग्नता खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले रोकायालाई असोज १ गते साँझ पक्राउ गरेको हो। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0